काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै ‘लफंगा’ शैलीमा संविधान संशोधन हुन नसक्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको मर्म, व्यवस्था र संवेदनशील विषयलाई हल्का रूपमा लिन नहुने बताए। संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैरजिम्मेवार ढंगले अघि बढ्न नहुने उनको भनाइ थियो।

ADVERTISEMENT

थापाले संविधान संशोधनमार्फत राज्यका संस्थालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै अधिकार, भाषा, जाति र विविधतासँग जोडिएका विषयमा छेडछाड गर्दा मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए।

ADVERTISEMENT

उनले संविधान निर्माणका क्रममा भएका सूक्ष्म सहमति र संवेदनशील विषयलाई बेवास्ता गर्दै सरकार अघि बढेको आरोप लगाउँदै यस्ता विषयमा जिम्मेवार ढंगले निर्णय लिनुपर्ने बताए।