काठमाडौँ।   नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टीको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

यसअघि कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

यसैबीच, गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव पनि हाल विचाराधीन अवस्थामा रहेको छ। उक्त प्रस्तावबारे पनि आगामी बैठकमा छलफल हुने  बताइएको छ।