काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोस्रोपटक बालुवाटार पुगेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग छलफल गरेका छन् ।
सरकार र पार्टीबीच चुलिएको विवादका बीच बालेन र रविबीच आइतबा राति ४५ मिनेट कुराकानी भएको छ ।
बालेनले पछिल्लोपल्ट सामाजिक सञ्जालमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएलगत्तै सभापति लामिछाने उनलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको जनाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेनले सोमबार भारत र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्नुअघि नेपालले उठाउनुपर्ने विषयबारे छलफल भएको थियो । बालेनले पहिलोपटक राजदूतहरुसँग एक्लाएक्लै भेट गर्न लागेका हुन् ।
भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । राजदूतहरूको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि छलफल भएको जनाइएको छ ।




