काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिएका छन्।
बैठकमा उपसभामुखको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। आजै उपसभामुखका लागि निर्वाचन हुँदैछ।
दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा को बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय गरेको छ।
उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी की सरस्वती लामा र श्रम संस्कृति पार्टी की रुबी कुमारी बीच प्रतिस्पर्धा हुने भएको छ।
लामाको प्रस्तावकमा ज्ञान बहादुर शाही रहेका छन् भने समर्थकमा ताहिर अली भाट, खुश्बु ओली र भरत गिरी रहेका छन्। यस्तै रुबी कुमारीको प्रस्तावकमा आरेन राई रहेका छन् भने समर्थकमा अशोक कुमार चौधरी र अम्विका देवी संग्रौला रहेका छन्।







