काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको लोगो सार्वजनिक भएको छ । रास्वपा सभापति रवि लामिछानेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत लोगो सार्वजनिक गरेका हुन् ।
महाधिवेशनको लोगोमा सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर मात्र समेटिएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा सम्पन्न हुँदैछ ।
रास्वपाले महाधिवेशनका लागि वडा, पालिका, जिल्ला र प्रदेश महाधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गरिसकेको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् ।
रास्वपाको प्रथम महाधिवेशनले सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई यथावत् चयन गरी अन्य पदाधिकारीदेखि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ ।






