काठमाडौं । विपक्षी दलहरूले शुक्रबारको प्रतिनिधिसभाको बैठक केही बेर अवरुद्ध गरेका छन् । बैठक सुरु हुनेबितिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
उनीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दल हेरफेर गरेको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको बसेको प्रतिनिधि सभा बैठकको बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका वर्षमान पुनले संसद्लाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।
पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले सातवटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ति जनाएका हुन् । यो विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तिजनक भएको बताए ।पूर्वअर्थमन्त्री पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाएका थिए ।









