गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री निर्वाचित भएका छन्। सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो जिल्ला अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भएका हुन्।

अधिवेशनबाट जिल्ला उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा तथा सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत निर्वाचित भएका छन्।

ADVERTISEMENT

रास्वपा गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार तथा सुदृढीकरणमा जोड दिने अपेक्षा गरिएको छ।

रास्वपाले देशभर संगठन निर्माण तथा अधिवेशन अभियानलाई तीव्रता दिइरहेका बेला गोरखामा पनि पहिलो जिल्ला अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।

ADVERTISEMENT