काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको २० सदस्यीय टोली कात्तिक २९ गते चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा टोली १० दिने भ्रमणमा जान लागेको हो।

भ्रमणमा सहभागी हुने सबै सांसदको नाम भने टुंगो लागिसकेको छैन। एक सांसदका अनुसार महामन्त्री आचार्यले सहभागी हुने सांसदहरूको नाम मागेका छन्। टोलीको अन्तिम सूची तयार भएपछि पार्टीले सार्वजनिक गर्ने जनाइएको छ।

ADVERTISEMENT

हालसम्म महामन्त्री आचार्यसहित लिमा अधिकारी, हरि ढकाल र समीक्षा बास्कोटाको सहभागिता निश्चित भएको ती सांसदले जानकारी दिएका छन्।

ADVERTISEMENT

भ्रमणको एजेन्डाबारे भने अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। यसअघि रास्वपा सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय टोली चीन जाने चर्चा भए पनि अन्तिम समयमा भ्रमण रोकिएको थियो।