काठमाडौं । कक्रोच जनता पार्टीले आफ्ना समर्थक तथा शुभेच्छुकहरूलाई पार्टीका संस्थापक अभिजित दिप्केको स्वागतका लागि विमानस्थलमा भेला नहुन आग्रह गरेको छ।
दिप्के जुन ६ मा भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। सोही दिन सीजीपीले नयाँ दिल्लीस्थित जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
एक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको विवादलाई लिएर पार्टीले प्रदर्शन आयोजना गर्न लागेको जनाएको छ। प्रदर्शनमा सहभागी हुन दिपके अमेरिकाबाट भारततर्फ प्रस्थान गरिसकेका छन्।
सीजीपीले विमानस्थलमा ठूलो संख्यामा समर्थकहरू भेला हुँदा विमानस्थलको नियमित कार्यसम्पादनमा असर पर्न सक्ने भएकाले स्वागत कार्यक्रमका लागि विमानस्थल नआउन आग्रह गरेको हो।
दिपकेको योजना विमानस्थलबाट सिधै पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेसन पुगेर जन्तरमन्तरमा आयोजना हुने प्रदर्शनका लागि व्यक्तिगत रूपमा अनुमति माग्ने रहेको बताइएको छ।
यद्यपि, उक्त प्रदर्शनका लागि प्रहरीले अनुमति दिने वा नदिने विषयमा हालसम्म कुनै अन्तिम निर्णय भइसकेको छैन।








