काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल एक तोला सुन तीन लाख तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलाको तीन हजार र चाँदी तीन सय ४० रुपैयाँ घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।