काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा गर्ने निर्णय भएको छ । यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बुधबार विहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए । बैठकमा सभापति रवि लामिछानेले महाधिवेशन मिति प्रस्ताव पेस गरेका थिए । बैठकले सोही मितिलाई पारित गरेको हो ।

ADVERTISEMENT

रवि लामिछाने दुई महिनाभित्रै महाधिवेशन गराएर आफू पुनः नेतृत्वमा यथावत् रहने रणनीतिमा छन् । त्यही भएर अहिले असारमै नयाँ महािधवेशनको मिति तय गरिएको हो ।

रास्वपामा धेरैवटा समूह र पार्टी आबद्ध छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको ठूलो समूह छ । विवेकशील साझा पार्टी मर्ज भएको छ । प्रधानमन्त्री बालेन पक्षले यसबारे अहिलेसम्म केही बोलेको छैन ।

ADVERTISEMENT