काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रकरणमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नै पार्टीकी उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकाको आलोचना गरेपछि यसबारे विभिन्न शंका उपशंका उत्पन्न भएको छ ।

साम्पाङले उपसभामुख ठाकुरले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद् छलेर राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गर्दै जारी गराउनु गलत भएको बताएका छन् । हिजाे आफैले उपसभामुखबारे हर्कले विराेध गर्नुकाे कुनै आधार नभएकाे भन्नेहरु एकथरी छन् भने अर्काेथरी हर्कले भित्र एउटा र बाहिर अर्काे भूमिका खेलेकाे आशंका उब्जेकाे छ ।

साम्पाङले गलत कार्यलाई सही भन्न नसकिने उल्लेख गर्दै सरकारले वरिष्ठताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको बताएका छन् । साम्पाङले सुशासन र थिति बसाल्ने आश्वासन दिएर सत्तामा पुगेका दलहरूले अहिले विधि मिचेर काम गरिरहेको टिप्पणी गर्दै सरकारले गरेको नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरण तथा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई नियुक्ति गरिएको हुन सक्ने हर्कले आशंका गरेका छन् ।

ADVERTISEMENT

श्रम संस्कृति पार्टी सरकारमा सामेल नभए पनि उपसभामुख ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई सहयोग गरेको देखिएको छ । मधेश प्रदेश र समुदाय पनि एउटै भएकाले ठाकुरले बालेनको प्रस्तावमा कुनै फरक धारणा नराखेको अनुमान गरिन्छ ।

ADVERTISEMENT

भोलि सरकार चलाउँदा आफूलाई अप्ठ्यारा आइलाग्ने देखेरै बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिने प्रस्ताव गरेका थिए । जबकि रास्वपाको संस्थापन पक्षले राप्रपालाई दिने सहमति गरिसकेको थियो । उपसभामुख पाएपछि रास्वपा र बालेनको प्रशंसा गरेका हर्क अहिले भने झसंग भएका छन् । पाँच वर्षसम्म उपसभामुख बालेनको रबरस्ट्याम्प बन्ने त होइन भन्ने हर्कले निकटस्थलाई सुनाउने गरेका छन् ।

ADVERTISEMENT

हर्कले शुक्रबार दिउँसाे सामाजिक सञ्जालमार्फत रुवीकुमारी आफ्नाे पार्टीबाट उपसभामुख बने पनि अहिले  पार्टीमा नरहेकाे भन्दै आफूले विराेध जनाइसकेकाे उल्लेख गरेका छन् । उनले लेखेका छन्- सी इज नट पार्ट अफ अस ।