काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसदमा कोही पनि कसैको ‘बहिनी’ वा ‘नातिनी’ नभएको बताएका छन्।उपसभामुख पदका उम्मेदवार रुवीकुमारी ठाकुर लाई सदनमै ‘बहिनी’ भनेर सम्बोधन गरेपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्।

साम्पाङले संसद जस्तो गरिमामय संस्थामा व्यक्तिगत सम्बन्धभन्दा पनि सबै सदस्यहरू स्वतन्त्र र समान हैसियतका प्रतिनिधि भएको उल्लेख गरे।

उनले सबै सांसदहरू जनताको प्रतिनिधि भएको भन्दै उनीहरूलाई व्यक्तिगत नातासम्बन्धका आधारमा होइन, संवैधानिक भूमिकाका आधारमा हेर्नुपर्ने धारणा राखे।