काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले बुधबार पनि प्रतिनिधिसभामा विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सबै सांसद उठेर विरोध जनाएका हुन्।

सासदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले अध्यक्ष साम्पाङलगायतलाई संसदको मर्यादा पालना कायम राख्न सचेत गराएका छन्।

ADVERTISEMENT

साम्पाङसहितका सांसदहरू प्लेकार्ड प्रदर्शनसहित विरोधमा उत्रिएपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन् । बैठक सुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुखले कारबाहीको चेतावनी दिएका हुन्।

सांसदले नियमित रुपमा संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिमको आफ्नो व्यवहार सच्याउन सभामुखले चेतावनी दिएका छन्। पहिलोपटक सचेत गराउने र त्यसपछि पनि गतिविधि जारी राखे १५ दिनसम्म निलम्बन गर्ने अधिकार सभामुखलाई छ ।

सांसद राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।