काठमाडौं । आइतबारदेखि सुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने भएको छ । रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिन श्रम संस्कतिका अध्यक्ष हर्क साम्पाङलाई निम्तो दिएको थियो ।
निम्तो पाएलगत्तै अध्यक्ष साम्पाङले फेसबुकमार्फत प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक नगरेकाले सहभागी नहुने घोषणा गरेका थिए । साम्पाङ सहभागी नहुने भए पनि प्रतिनिधि पठाउने अपेक्षा गरिएको थियो । तर, कुनै पनि प्रतिनिधि उपस्थित नहुने देखिएको छ ।
श्रम संस्कृतिका महासचिव आरेन राईले महाधिवेशनमा आफ्नो पार्टीबाट कोही पनि सहभागी नहुने बताएका छन् । खासगरी प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगको इगोका कारण हर्कराज साम्पाङले महाधिवेशन बहिष्कार गरेको अनुमान गरिएको छ ।



