ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।

ADVERTISEMENT

कार्यसम्पादन समितिको बैठकमा पार्टीले सुरु गरेको एक महिने जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिकबारे छलफल हुने जानकारी गराइएको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आन्तरिक एकता र व्यवस्थापन विषयमा छलफल हुने उनले जानकारी दिए ।

शेरबहादुर देउवा र शेखर कोइराला समूहले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडान लिएपछि कांग्रेस सभापति गगन थापा दबाबमा परेका छन् ।

देउवा समूह कांग्रेस विभाजन गर्न लागिपरेको आशंका गरिएको छ । सोहीअनुसार देउवा समूहले सातै प्रदेशमा नेताहरू खटाएको छ । यही बीचमा थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन् । देउवा समूह कुनै पनि हालतमा गगन थापालाई सभापति स्वीकारेर कांग्रेसमा बस्ने पक्षमा देखिएको छैन ।