काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा सुरू भएको छ। महाधिवेशनको उदघाटनमा प्रमुख दलका नेताहरू सहभागी भएका छन् । महाधिवेशन स्थलमा एकैसाथ रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह पुगेका थिए ।
पहिलो महाधिवेशनमा उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित छन् ।
स्वागतका क्रममा रविले गगनलाई अंकमाल गरेका छन्। सुरूमै पुगेर महाधिवेशन प्रतिनिधिलाई नमस्कार गरेपछि रविले गगनलाई अंगालो मार्दै हात मिलाए ।
विगतमा कांग्रेस सभापति गगन थापा र रवि लामिछानेबीच मनमुटाव रहे पनि महाधिवेशनस्थलमा भने दुवैबीच सौहार्दता देखियो ।
२०७९ को चुनावमा रवि र गगनबीच केही चुनावी क्षेत्रमा अघोषित तालमेल भएको चर्चा भएको थियो । गगन महाधिवेशनस्थल पुग्दा हुटिङ भएको थियो ।






