काठमाडौं । रास्वपामा स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण गर्नुपर्ने भएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने नियम बनाएको हो ।

ADVERTISEMENT

पार्टी प्रवक्ता मनिष झाले स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरिएको जानकारी दिए ।

यसअघि रास्वपार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छनौट रूपरेखा निर्माण समितिले हस्तान्तरण गरेको थियो ।

ADVERTISEMENT