काठमाडौं।  परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाने भएका छन्। उनी दिउँसो २ः३० बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हुन लागेको तीनदिने भ्रमणका क्रममा खनालले द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागिता जनाउनेछन्। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

ADVERTISEMENT

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किने भएका छन्।