काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो पौने २ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेकाे हाे ।

बैठक सुरु हुनुअघि सभापति रवि लामिछानेले सचिवालय सदस्य सागर ढकाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । रास्वपामा सभापतिसहित १६ जनाको सचिवालय छ ।

ADVERTISEMENT

रास्वपा सचिवालयमा सभापति लामिछाने, स्वर्णिम वाग्ले, कविन्द्र वुर्लाकोटी, भुपदेव शाह, विपिन आचार्य, लिमा अधिकारी, वसु माया तामाङ, मनिष झा, गणेश पराजुली, दिपक बोहरा, बिराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम, हरि ढकाल, सागर ढकाल र सरिताश्री ज्ञवाली छन् ।

आजको बैठकमा स्थानीय तहको उम्मेदवार छनोटलगायतका विषयमा छलफल हुने झाले बताए ।

ADVERTISEMENT