काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन् । निर्वाचन हारेपछि थापा बुधबार पहिलोपटक सर्लाही पुगेका हुन् ।

गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा सर्लाही ४ मा उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।

ADVERTISEMENT

चुनावमा भएको पराजयपछि आज पहिलोपटक सभापति थापा सर्लाही ४ को धनकौलमा आयोजित समीक्षात्मक भेलामा सहभागी हुनेछन् ।
कांग्रेस सर्लाहीका युवा नेता रघु कार्कीका अनुसार थापाले मतदातालाई धन्यवाद ज्ञापन गर्न र कांग्रेसले सञ्चालन गरेको जरा अभियानका कार्यक्रममा सहभागी हुनेछन् ।

ADVERTISEMENT

कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षा कार्यक्रमका लागि सभापति थापा गएको चैत २५ गते जनकपुर गए पनि सर्लाही नगई काठमाडौँ फर्किएका थिए । चुनाव प्रचार प्रसारकै बेला थापाले जिते वा हारे पनि आफू सर्लाही ४ मा आइरहने बताएका थिए ।