काठमाडौं, जेन जी प्रदर्शनमा भएको प्रहरी दमन र १९ जनाको मृत्यु प्रकरणपछि सरकार गम्भीर राजनीतिक संकटमा फसेको छ। यसैबीच नेपाली कांग्रेसका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्।

स्रोतका अनुसार, मन्त्री पौडेललाई राजीनामा दिन पार्टीभित्रकै नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले कडा दबाब दिएका थिए। उनीहरूले यो घटनामा सरकारको भूमिका अस्वीकार्य भएको भन्दै कांग्रेसले तत्काल सरकारबाट समर्थन फिर्ता लिनुपर्ने माग पार्टी सभापति शेरबहादुर देउवालाई राखेका छन्।

ADVERTISEMENT

गगन थापा र विश्वप्रकाश शर्माले संसद र सडक दुवैतिर जनताको आक्रोश बढिरहेको भन्दै कांग्रेसले यस संकटको बेलामा मौन बस्न नहुने चेतावनी दिएका छन्। उनीहरूले प्रष्ट रूपमा भनेका छन् — “नागरिकमाथि दमन गर्ने सरकारको निरन्तरता दिनु कांग्रेसको राजनीतिक अस्तित्वमै धक्का हो।”

ADVERTISEMENT

यता, पौडेलको राजीनामाले सरकारभित्र ठूलो तरंग ल्याएको छ। अब कांग्रेस समर्थन फिर्ता लिनेसम्म जाने हो वा सरकारभित्रै बस्ने भन्ने विषय पार्टी नेतृत्वमा चर्को बहसको रुपमा उत्रिएको छ।

राजनीतिक वृत्तमा अहिले प्रश्न उठाइएको छ — “कांग्रेस सरकारमै रहन्छ कि सडकमै उत्रन्छ?”

ADVERTISEMENT