काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार सार्वजनिक खरिद प्रणाली (e-GP) ह्याक गरी आफ्नो कम्पनीलाई ठेक्का दिलाएको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको हो। उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत हुन्।

ADVERTISEMENT

यसअघि पनि पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको थियो।

सीआईबीले हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखी आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

ADVERTISEMENT