काठमाडौँ, — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागितासम्बन्धी आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन तथा बदलिँदो राजनीतिक समीकरणलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा आवश्यक निर्णय लिने नीति अपनाएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ताकेन्द्रित गतिविधिमा संलग्न नरहेको स्पष्ट पारे। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीचको सत्ता समीकरणमा पार्टीको तत्काल कुनै सहभागिता नभएको बताए।
उनका अनुसार भविष्यमा विशेष राजनीतिक परिस्थिति सिर्जना भई निर्णय लिनुपर्ने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण अख्तियारी अध्यक्षलाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ।




