काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु भएको छ । केही समयअघिबाट सांसदहरूबीच छलफल सुरु भएको हो ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । तिनैमध्येबाट एकजना दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नुपर्ने छ । कांग्रेसमा को दलको नेता बन्ने भन्ने अझै निक्र्योल छैन ।








