काठमाडौं। विशेष महाधिवेशन पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि अबको राजनीतिक रणनीतिबारे छलफल गर्न देउवापक्षको बैठक सुरु भएको छ। बैठकमा सहभागी हुन नेताहरूको आउने क्रम जारी रहेको छ।

बैठकमा भावी कार्यदिशा, संगठनात्मक संरचना र आगामी राजनीतिक कदमबारे छलफल हुने बताइएको छ। निर्वाचन आयोगको निर्णयपछि रुस्ट भएका देउवा पक्षका नेताहरु अब कसरि अगाडी बढ्ने सर्वोच्च अदालतमा कसरी जाने भन्ने बिषयमा केन्द्रित हुने जानकारी गराइएको छ। देउवापक्षका नेताहरूका अनुसार बैठकबाट समसामयिक राजनीतिक परिस्थितिबाट  पार्टीलाइ कसरी लैजान सकिन्छ भनेर कार्यबाहक सभापतिले बोलाउनु भएको जानकारी दिएका छन्।