काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा थापाले सभापतिका लागि मनोनयन दर्ता गरिसकेका छन्। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ।

महाधिवेशनकै क्रममा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्मा वार्ता गरेका थिए, तर वार्ता सफल हुन सकेन। वार्ता असफल भएपछि दुई महामन्त्री हाल कानुनविद्हरूसँग परामर्शमा रहेका छन्।

ADVERTISEMENT

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिसकेको छ र दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरिने छ।

ADVERTISEMENT