काठमाडौं। नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा एक घण्टा स्थगित भएको छ।विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा दिने वा सक्रिय राजनीति छोड्ने माग राखेको थियो। तर यस विषयमा सहभागी नेताहरूबीच सहमति हुन सकेको छैन।

वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए ।त्यस्तै सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार सहभागी थिए ।

वार्तामा सहभागी नेताहरूले अब शीर्ष नेतृत्वसँग छलफल गरी देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताबारे निर्णय गर्ने तयारी गरिरहेका छन्।कांग्रेस विभाजन रोक्न चक्रपथमा भइरहेको निर्णायक वार्ता अन्तरिम नेतृत्वको विषयमा अड्किँदा प्रक्रिया लम्बिएको छ। संस्थापन पक्ष तत्काल नेतृत्व फेर्ने प्रस्तावमा सहमत नभएपछि अन्य विषयहरू पनि अड्किएका छन्।अब देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताका विषयमा वार्तामा सहभागी नेताहरूले शीर्ष नेतृत्वसँग छलफल गर्ने छ ।

वार्ताको निष्कर्षमा नपुगेपछि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने तयारी भएको छ। मतदान प्रक्रिया भोलि मात्र सुरु हुने देखिएको छ।