काठमाडौं । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे अध्यक्ष केपी ओलीमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन् । ओली नेतृत्वको सरकारका बेला जेनजी आन्दोलन भएको र सरकारकै अक्षमताका कारण विध्वंशको अवस्था आएको उनको दाबी छ ।

पाण्डेले भदौ २३ मा भएको आन्दोलनमाथिको दमनमा तत्कालीन सरकार नै दोषी रहेको बताएर ओलीमाथि फायर खोलेका हुन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले गोली कसले चलायो ? त्यो त थाहा छैन भनेर तत्कालीन प्रधानमन्त्री उम्कन नमिल्ने बताए।

ADVERTISEMENT

‘२३ गतेको घटना जसरी हत्या भयो त्यो गलत नै हो, बंगलादेशमा पनि आन्दोलन हुँदा पहिलो दिन एक–दुईजना मात्र मरेका रहेछन्, हाम्रोमा पहिलो दिनमा नै १९ जना मर्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको भए पनि एमालेको सरकारले गरेको भए पनि सरकार दोषी हुन्छ–हुन्छ। धरहरा कसले बनाएको मैले बनाएको, फलानो कसले बनाएको मैले बनाएको भन्ने, गोली कसले चलायो त्यो त थाहा छैन भन्न मिल्दैन,’ ओलीप्रति लक्षित गर्दै पाण्डेले भने ।

ADVERTISEMENT

आन्दोलनका बेला किन कन्ट्रोल भएन भनेर छानबिन गर्नुपर्ने उनले बताए । ‘बरु त्यो वेलामा किन त्यस्तो कन्ट्रोल भएन, त्यसमा छानबिन गर्नु भन्नुपर्छ । त्यसमा दोषी प्रमाणित मान्छेहरूलाई कारबाही गर्नुपर्छ,’ उनले भने । पाण्डेले २४ गतेको घटना पनि अक्षम्य भएकाले तिनीहरूलाई पनि कारबाही गर्नुपर्ने बताए ।

ओलीले अहिलेसम्म जेनजी आन्दोलनमा भएको क्षतिबारे पश्चाताप र माफीसमेत मागेका छैनन् । बरु उनी उल्टै जेनजीको नाममा विध्वंश गरिएको भन्दै विषयान्तर गर्न लागिपरेका छन् । उनको अभिव्यक्तिका कारण मुठभेडको अवस्था आउने खतरा पनि देखिएको छ ।

ADVERTISEMENT