काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूमा उम्मेदवार सिफारिस हुने क्रम जारी छ ।

यसैक्रममा एमालेमा धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । कतिपय कमिटीहरूमा छलफल जारी छ । केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदानसमेत भएका छन् ।

ADVERTISEMENT

एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । कतिपय क्षेत्रबाट भने एकजनाको नाम मात्र सिफारिस गरिएको छ । अध्यक्ष केपी ओली, महेश बस्नेत, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेलसहित २५ नेता विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ ।

ADVERTISEMENT

एमाले चर्चित नेता महेश बस्नेतको नाम भक्तपुर–२ बाट एकल सिफारिस गरेको छ । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो । भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।

अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार ओली झापा ५, सुहाङ नेम्वाङ, इलाम २, लीलानाथ श्रेष्ठ, सिरहा ३, लक्ष्मी महतो कोइरी, महोत्तरी १, हरि उप्रेती, सर्लाही ३, अजय गुप्ता, रौतहट १ छन् ।

ADVERTISEMENT

यस्तै, बद्री मैनाली, नुवाकोट १, मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव), ईश्वर पोखरेल, काठमाडौँ–५, महेश बस्नेत, भक्तपुर २, तिलक महत, नवलपुर २, मिलन गुरुङ, गोरखा २, प्रदीप ज्ञवाली, गुल्मी १, सूर्य ढकाल, बाँके १, दलबहादुर सुनार, बाँके ३, विश्राम चौधरी, कपिलवस्तु १, विष्णु पौडेल, रुपन्देही २, शंकर पोखरेल, दाङ २, ध्रुव शाही, सुर्खेत १, कलाधर देवकोटा, सुर्खेत २, गुलाबजंग शाह, सल्यान, लेखराज भट्ट, कैलाली ४, दामोदर भण्डारी, बैतडी र गणेश ठगुन्ना, दार्चुला छन् ।