काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर ललितपुरको जिल्ला प्रहरी परिसर पुगेका छन्।

सुरक्षा स्रोतका अनुसार उनी हाल त्यहीं परिसरमै रहेका छन्। हालसम्म गृहमन्त्री किन आकस्मिक रूपमा प्रहरी परिसर पुगे भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

यस घटनाक्रमसँगै आजै जेनजी आन्दोलनसँग सम्बन्धित आरोपमा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। पक्राउपछि देशको राजनीतिक तथा सुरक्षा वातावरण संवेदनशील बनेको छ।