काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अग्रता कायम राखेका छन्।
पछिल्लो मत परिणामअनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन्।
उनीलाई पछ्याइरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त क्षेत्रमा मतगणना जारी रहेको छ र आगामी गणनासँगै परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

ADVERTISEMENT