काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीहरूलाई प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको आयोजकले जनाएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (जुन ८, २०२६) तोकिएको छ।

प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६, २०८३ (अगस्ट १, २०२६) मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ। कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीको न्यूनतम उचाइ ५ फिट ३ इन्च तथा उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्नेछ। साथै, आवेदकसँग नेपाली नागरिकता अनिवार्य रूपमा हुनुपर्नेछ। विदेशमा बसोबास गर्ने नेपाली युवतीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डका आधारमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिताका लागि दर्ता निःशुल्क रहेको छ।

ADVERTISEMENT

यस वर्षको मिस नेपाल प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विजेता चयन गरिनेछन्।

ADVERTISEMENT

आयोजक द हिडन ट्रेजरले ले यस वर्ष कज्यारिया रमेश टाइल्स लिमिटेडलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेल्लर्सलाई सह-प्रायोजकका रूपमा भित्र्याएको जनाएको छ। नटराज ज्वेलर्स गत वर्षदेखि प्रतियोगिताको क्राउन पार्टनरका रूपमा आबद्ध छ।

ADVERTISEMENT

मिस नेपालको खोज अभियान विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरलगायत विभिन्न सहरमा सञ्चालन गरिनेछ। साथै काठमाडौंका १० कलेजमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको अन्तिम अडिसन जेठ २९, २०८३ (जुन १२, २०२६) मा काठमाडौंमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेअघि विशेष प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।