काठमाडौँ। नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनसँग जोडिएको आरोपमा ओली र लेखकलाई सरकारले गरेको पक्राउबारे कांग्रेसले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यस विषयमा कांग्रेस मौन देखिए पनि लेखकको रिहाइको माग एमालेले गर्नुपरेको अवस्था आफैंमा चासोको विषय बनेको छ।

ADVERTISEMENT

बैठकले उहाँहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

जेनजी आन्दोलनसँग जोडिएको आरोपमा ओली र लेखकलाई सरकारले गरेको पक्राउबारे कांग्रेसले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यस विषयमा कांग्रेस मौन देखिए पनि लेखकको रिहाइको माग एमालेले गर्नुपरेको अवस्था आफैंमा चासोको विषय बनेको छ। संसदमा न्यून संख्या र सडकमा पर्याप्त कार्यकर्ता उतार्न कठिन हुने अवस्था बुझ्दै लेखकको पक्षमा पैरवी गर्नु एमालेको बाध्यता बनेको देखिन्छ। कांग्रेसका एक नेताका अनुसार लेखकको पक्राउबारे ‘संसदीय सचेतना’ कार्यक्रममा यस विषयमा समीक्षा हुने तय भएको छ।

ADVERTISEMENT