दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्।

ADVERTISEMENT

गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा नेकपा एमाले को झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो। यससँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको बताइएको छ।