काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी श्रीमती निकिता पौडेलसहित रुपन्देही जिल्ला अदालतमा उपस्थित भई आवश्यक कानुनी प्रक्रिया पूरा गरेका हुन्। अदालतको आदेशअनुसार उनले दुई करोड ७४ लाख रुपैयाँ धरौटी बुझाएपछि जिल्ला अदालतबाट कागजी प्रक्रिया सम्पन्न भएसँगै लामिछाने आजै रिहा भएका छन्।
लामिछाने रिहा भएपछि रुपन्देहीमा उनका कार्यकर्ता तथा समर्थकहरू खुसी हुँदै नारा–बाजी गर्ने र र्याली निकाल्ने तयारीमा जुटेका छन्। समर्थकहरूले उनको रिहाइलाई न्यायको जित भन्दै उत्सव मनाउने तयारी गरेको बताइएको छ।








