काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन्।

ADVERTISEMENT

रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए। हिजै राति भाजपाले रविको भारत भ्रमणबारे विज्ञप्ति जारी गरेको थियो । लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। तर ककसलाई भेट्ने भन्ने रास्वपा र भाजपाले जानकारी दिएका छैनन् । नेताहरुका अनुसार रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटघाट गर्नेछन् ।

रविसँगै उनकी श्रीमती निकिता पाैडेल, रास्वपा सांसद विपीनकुमार आचार्य र दीपक बाेहरा तथा प्रदीप आचार्य भारत गएका छन् ।

ADVERTISEMENT