काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि नख्खु कारागार प्रशासनले रास्वपा सभापति रवि लामिछानेलाई भेट्न रोक लगाएको छ ।

रविको नामबाट आइतबार रास्वपाले विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको आन्दोलनमा समर्थन गरेपछि प्रशासनले सोमबारदेखि परिवारका सदस्य, पार्टीका नेता तथा आफन्तलाई भेटघाटमा रोक लगाएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

ADVERTISEMENT

रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार नख्खु कारागारमा दैनिक ११ देखि ३ बजेसम्म कैदीलाई भेट्न पाउने समय छुट्टाइएको हुन्छ । त्यहीअनुसार सोमबार पनि भेट्न मान्छेहरूको सूची तयार गरी रास्वपाले आइतबार बेलुकै कारागार प्रशासनलाई पठाइएको थियो। तर, बिना सूचना रविसँगको भेटघाट रोकिदिएको उनको भनाइ छ ।

जेनजीको आन्दोलनमा रास्वपा र राप्रपाका नेताहरूको घुसपैठ रहेको प्रशासनले अनुमान गरेको छ । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि र रविलाई भेटघाटमा रोक लगाएपछि रास्वपाको सचिवालय बैठक बोलाइएको छ ।