काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारको अवसर पारेर आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले नेपाली किसानले उब्जाएका फूल बिक्रीका लागि निश्चित स्थानहरू समेत तोकेको छ ।

ADVERTISEMENT

काठमाडौँ महानगरले नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न/नगराउन आग्रह गरेको छ ।

ADVERTISEMENT

सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने कडा चेतावनी महानगरले दिएको छ ।

महानगरपालिकाले सरोकारवाला निकायहरूसँगको समन्वयमा नेपाली किसानहरूले उत्पादन गरेका फूल तथा मालाहरू सहज रूपमा बेच्नका लागि विभिन्न मल, मार्ट, चौर र खुला स्थानहरू तोकेको छ ।

स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वर/शंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल, चाबहिल/सिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स , चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर अगाडि, कालिमाटी/कलंकी/स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबु/माछापोखरी/नयाँ बजार क्षेत्रः माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर, गोङ्गबु बिग मार्ट तोकेको छ ।

त्यस्तै, हाँडीगाउँ/महाराजगञ्ज/बालुवाटार क्षेत्रः हाँडीगाउँ ५ वडा अगाडिको डबली, हाँडीगाउँ ५ वडा गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट, बाँसबारी बिग मार्ट, सिटी सेन्टर/कोर एरिया: काठमाडौँ मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी , पुतलीसड, अनामनगर  भाटभटेनी, न्युप्लाजा र अन्य स्थानहरूमा फोनेक्स टावर बत्तीसपुतली, तिनकुने चौर, कोटेश्वर स्मार्ट तोकेको महानगरले जनाएको छ ।

868131907_1477609207617153_519487776901917966_n