काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको मंसिर मंसिर २८ गते बसेको सञ्चालक समिति निर्णय अनुसार सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
साथै, उक्त लाभांश कम्पनीको १०औं वार्षिक साधारणसभाबाट पारित भएपछि एवं कम्पनी ऐन, २०६३ को दफा १८२(२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रलायको स्वीकृतपश्चात् वितरण गरिने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।









