काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै शेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले एक सूच्नामार्फत जानकारी दिएको छ ।







