काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा मङ्सिर २९ गते आभ्या क्लब घारीपाटन पोखरामा आव्हान गरेको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभाले बोनस सेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत रहेको छ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मङ्सिर १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले एक् सूचनामार्फत जानकारी दिएको छ ।








