काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाले गत आर्थिक वर्षका लागि नगद प्रतिफल (लाभांश) घोषणा गरेका छन्। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ का इकाईधनीलाई २.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। तर, नबिल इन्भेष्टमेन्ट बैंकिङअन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्ड र एनआई ३१ ले भने यसपटक कुनै प्रतिफल घोषणा गरेका छैनन्।

प्रतिफल वितरण प्रयोजनका लागि दुवै योजनाले असोज ७ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएका छन्। त्यसअनुसार असोज ६ गतेसम्म इकाई खरिद गर्ने लगानीकर्ताले घोषित प्रतिफल प्राप्त गर्नेछन्।

ADVERTISEMENT

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत यी योजनाहरू सञ्चालनमा छन्।

ADVERTISEMENT