काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएकाे छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई नगद लाभांश र बोन सेयर नदिने निर्णय गरेको हो ।
साथै, कम्पनीले लेखापरिक्षकको प्रतिबेदन सहितको आव २०८१/०८२ को बार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२) को वासलात, तथा सोहि मितिमा समाप्त आव २०८१/०८२ को नाफा नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिबर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचीहरु उपर छलफल गरी स्वीकृतीको लागी आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।







