काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीका अनुसार हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशत बराबर २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसाको बोनस सेयर वितरण गरिनेछ।

ADVERTISEMENT

यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.२६३ प्रतिशत बराबर १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

ADVERTISEMENT

यसअनुसार कम्पनीले सेयरधनीलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ।प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ। कम्पनीले साधारणसभा असोज २७ गते बोलाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्।

ADVERTISEMENT