काठमाडौं । नेपाल राष्ट्र बैंक मंसिर १४ गते आइतबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।

मंसिर १० गते मात्र ५० अर्ब तानेको बैकले पुनः ३५ दिनका लागि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र व्याजदर उल्लेख गर्नु पर्नेछ।

बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपाटीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।