काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामाकर्मचारी माग गरेको छ । राष्ट्र बैंकले आज एक् सुचना प्रकाशन गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म ७६ जना कर्मचारी माग गरेको हो ।

बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १।१ जना, सहायक निर्देशक पदमान ३९ जना, सहायक निर्देशक (लेखा।लेखापरीक्षण) पदमा १० जना, सहायक निर्देशक (वाणिज्य कानून) पदमा ४ जना र सहायक पदमा २१ जना माग गरेको हो।

आवेदन दिन इच्छुक व्यक्तिहरुले न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय र संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), सहायक (सहायक द्वितीय) को हकमा लोक सेवा आयोगबाटकात्तिक १५ मा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, तोकिएका अन्य कागजात संकलन गरी पुस १० गतेसम्म र दोब्बर दस्तूर तिरेर पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।