काठमाडौं, नेपाल राष्ट्र बैंक १० वाणिज्य बैंकको ऋण पोर्टफोलियो पुनरावलोकन गर्न हाउलादार युनुस एण्ड कम्पनीलाई लाई जिम्मा लगाएको छ।
नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागअन्तर्गत सफ्टवेयर युनिटले सार्वजनिक खरिद ऐन बमोजिम हाउलादार युनुस एण्ड कम्पनीलाई १० वाणिज्य बैंकको ऋण पोर्टफोलियो (LPR) को विस्तृत गुणस्तर मूल्यांकन गर्ने परामर्श सेवा कार्यका लागि छनोट गरेको छ।
राष्ट्र बैंकद्वारा प्रकाशित सूचना अनुसार , प्राविधिक र वित्तीय प्रस्तावहरूको संयुक्त मूल्यांकनमा उच्च अंक प्राप्त गरी उक्त कम्पनीलाई सेवा प्रदान गर्न छनौट गरिएको बताइएको छ। यस परामर्श सेवाको लागि राष्ट्र बैंकले कम्पनीलाई अमेरिकी डलर दुई लाख एकहत्तर हजार भुक्तानी दिनु पर्ने हुन्छ ।







