काठमाडौं, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज बिहान साढे ११ बजे फोन वार्ता हुने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

कार्की नेतृत्वमा सरकार गठन भएपछि मोदीले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिइसकेका छन्। साथै, दुई वर्षअघि जातीय हिंसा भड्किएपछि पहिलो पटक  मणिपुर पुगेका मोदीले सार्वजनिक सभामा सम्बोधन गर्दै नेपालमा सुशीला कार्की नेतृत्वको सरकार गठन हुनु महिलाको सशक्तीकरणको उदाहरण भएको उल्लेख गरेका थिए।

ADVERTISEMENT