काठमाडौैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपालविरुद्ध दर्ता गरिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना मुद्दामा सरकारी साक्षीको बकपत्र गराउन आदेश भएको छ।
मंगलबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मुद्दामा साक्षीका रुपमा राखिएका व्यक्तिहरुलाई उपस्थित गराउन आदेश भएको हो। सरकारी साक्षीले बकपत्र गरेपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अंग पुग्नेछ।
यसअघि विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो ।
गत वर्ष जेठमा आयोगले नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो।
नेपाल धरौटी रकम राखेर रिहा भएका हुन् । विशेष अदालतले केही दिनभित्रै अनुसन्धान सकेर फैसला सुनाउने भएको छ ।





